टाइगर कप भलिबल: पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा, गण्डकी र आर्मी भिड्ने
पाेखरा | माघ १२, २०७९
 
                                
                            पोखराः पोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ ।
आज पोखरा रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेपछि सेमिफाइनलको समिकरण पूरा भएको हो । 

भोलि हुने पुरुष तर्फको सेमिफाइनलमा खेलमा अपराजित रहेको एपिएएफ क्लब र नेपाल पुलिस क्लब र दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र आयोजक गण्डकी प्रदेश बीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । 
लिग चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । आर्मीले २५–१७, २५–१९ र २५–२३ ले विजय हुन सफल भयो । आर्मीसँग पराजित भएपनि पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ । 
यस्तै आज नै भएको पुरुष तर्फको पहिलो खेलमा आयोजक गण्डकी प्रदेशले श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस क्लबलाई सोझो सेटमा पराजित गरेको छ । यो हारसँगै श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस क्लब प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकीले २६–२४, २५–१४ र २५–२३ ले विजय भएको थियो । 
महिला तर्फ भने त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब फाइनल प्रवेश गरेको छ । शुक्रबार महिला तर्फको तेस्रो स्थानका लागि आयोजक गण्डकी प्रदेश र होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्स क्लबको बीचमा प्रतिस्पर्धा हुनेछ ।
यस्तै पुरुष तर्फ एपिएफ विरुद्ध नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब विरुद्ध गण्डकी प्रदेश बीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । महिला/पुरुष तर्फको फाइनल खेल शनिबार पोखरा रंगशालाको भलिबल कोर्टमा हुनेछ । 
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन भइरहेको तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको  प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ ।
महिला/पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका सचिव नेपालीले बताए । 
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट  एक–एक खेलाडीले जनही समान नगद रु २५/२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०/१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।
 
काठमाडौँ: यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो । गत ...
कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ। राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ...
पाल्पा: बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा सम्पन्न ढल्क्यो जोवान (३० वर्षमाथि) भलिबल प्रतियोगितामा फोक्सिङकोट भेट्रान्स र साबिक वडास्तरीय पुरुषतर्फ जनज्योती युवा क्लब दान्सिँघा च्याम्पियन बनेको छ । &...
 
                    

 
                                         
                                             
                                             
                                             
                                             
                                            