राष्ट्रपति कांग्रेसलाई दिनुपर्छ: महामन्त्री थापा
काठमाडाैं | माघ १२, २०७९
तनहुँ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्ति सन्तुलनका लागि राष्ट्रपति नेपाली कांग्रेसलाई दिनुपर्ने बताउनुभएको छ । बिहीबार कांग्रेस तनहुँले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहमतिको आधारमा कांग्रेसले राष्ट्रपति पाउनु पर्ने उहाँले बताउनुभएको हो ।
‘‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुख फरक–फरक पार्टीको हुँदा शक्ति सन्तुलनमा आउने हुँदा राष्ट्रिय सहमतिमा नै कांग्रेसले राष्ट्रपति पाउनुपर्छ’’ महामन्त्री थापाले भन्नुभयो । निर्वाचनअघि माओवादीसँग गठबन्धन गरिएको आधारमा पनि कांग्रेसले राष्ट्रपतिलाई उम्मेदवार बनाएको व्यक्तिलाई माओवादीले समेत मत हाल्नु पर्छ भन्ने कांग्रेसको धारणा रहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेपछि स्वाभाविक रूपमा कांग्रेसको उम्मेदवारलाई माओवादीले राष्ट्रपतिमा सघाउनु पर्ने थापाको भनाइ छ । उम्मेदवार कसलाई बनाउने भन्ने सन्दर्भमा पनि कांग्रेसले चाँडै नै निर्णय गर्ने महामन्त्री थापाले बताउनुभयो । पार्टीका नेताहरूको बीचमा गरिने छलफल कुनै दुई व्यक्तिबीचको सहमति हैन त्यहाँभित्र हुने समझदारी व्यक्तिगत, अपारदर्शी हुनुहुँदैन, र गोप्य हुन नहुने उहाँको भनाइ थियो ।
‘‘कतिपय कुराहरू रणनीतिक होला तर समझादारीहरु गोप्य हुनु हुँदैन खुला हुनुपर्छ, निजीजस्तो कुरा गर्दा समस्या ल्याउँछ’’ थापाले भन्नुभयो । एमाले र माओवादीबीच पार्टी एकता भएपछि एमाले माओवादीबीच सम्झौता भएको गोप्य हुँदा समस्या निम्तिएको उल्लेख गर्दै महामन्त्री थापाले नितान्त व्यक्तिगत गर्न थालियो भने दुर्घटना निम्त्याउने बताउनुभयो ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

