लोकदोहोरी गायक भीम पौडेलको निधन, पोखरामा अन्त्येष्टि गरिने

पाेखरा | माघ १३, २०७९

लोकदोहोरी गायक भीम पौडेलको निधन, पोखरामा अन्त्येष्टि गरिने

काठमाडौं:  लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले गायक पौडेलको निधन भएको जानकारी दिएका छन् । दर्जनौं गीत गाएर चर्चित बनेका उनको निधन स्याङ्जास्थित घरमै भएको हो ।


दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका उनको शरीरमा रगतको कमी भएको जनाइएको छ । रक्तअल्पताको कारण उनी दुई महिनादेखि बिरामी थिए । उपचाररत उनी केही त्यसयता घरमै आराम गरिरहेका थिए ।


उनी निकट गायिका सिर्जु अधिकारीसँग केही दिनअघिको कुराकानीमा पौडेलले आफूलाई हिंडडुल गर्न गाह्रो भएको र रगतको कमी शरीर सुक्दै जान थालेको बताएका थिए । ‘मैले इन्द्रेणी कार्यक्रममा जाऊँ भनेको थिएँ । उहाँले बिरामी छु भन्नुभएको थियो,’ अधिकारीले भनिन् ।


पौडेलको पार्थिव शरीरलाई शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने भएको छ । उनलाई श्रद्धाञ्जली दिन काठमाडौंबाट केही कलाकार पोखरा जाँदैछन् । प्रतिष्ठानका अध्यक्ष बीजीले फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।


पछिल्लो समय गायक पौडेल लाइभ दोहोरी गायनमा सक्रिय थिए । ‘भीम शालीन स्वभावका गायक हुन् । उनको निधन समग्र लोकदोहोरी क्षेत्रकै लागि अपूरणीय क्षति हो,’ अध्यक्ष बीजीले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन् ।

कास्की:   पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।   पोखरा महानगरपालिका –१०, रामघाट...

थप पढ्नुहोस्

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्