जनकपुरधामबाट लागूऔषधसहित चार युवा पक्राउ

काठमाडाैं | माघ १३, २०७९

जनकपुरधामबाट लागूऔषधसहित चार युवा पक्राउ

जनकपुरधाम:  धनुषा जनकपुरधामबाट प्रहरीले लागूऔषधसहित चारजना युवालाई पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४ सय ९३ बोतल लागूऔषधसहित चारयुवालाई जनकपुरधाम पिडारी चोकबाट पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरूमा प्रदेश २–०२–००१ स.०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प.४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव र सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ छन् ।


यस्तै ज.६प.१७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उप–महानगरपालिका ४ बस्ने ३२ वर्षीय दीपक कुमार पूर्वेलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 


अटोमा जुटको बोरामा १० वटा कार्टुनमा राखेर पिडारी चोकदेखि उत्तरतर्फ जाँदै गर्दा गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा एक्सप्लोन नामक प्रतिबन्धित लागूऔषध ४ सय ९३ बोतल बरामद भएको डिएसपी क्षेत्रीले बताए ।


उनीहरुले प्रयोग गरेको अटोरिक्सा र मोटरसाइकलहरू समेत नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

कास्की:   पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।   पोखरा महानगरपालिका –१०, रामघाट...

थप पढ्नुहोस्

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्