सर्वोच्च अदालतमा हेल्थ डेस्क सञ्चालन

काठमाडाैं | माघ १३, २०७९

सर्वोच्च अदालतमा हेल्थ डेस्क सञ्चालन

काठमाडौं:  चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सर्वोच्च अदालतमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ ।


सर्वोच्चमा आज (शुक्रबार)देखि सञ्चालनमा आएको हेल्थ डेस्कको उद्घाटन अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र अस्पतालका प्रमुख डा.भूपेन्द्रकुमार बस्नेतले गर्नुभएको हो ।


डा। बस्नेतले मुख्य रजिष्ट्रार कुँवरको स्वास्थ्य जाँच गरी हेल्थ डेस्क सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ ।


अस्पतालका अनुसार हेल्थ डेस्क हप्ताको तीन दिन (आइतबार, मङ्गलबार र बिहीबार) बिहान १० देखि २ बजेसम्म सञ्चालन हुनेछ ।

म्याग्दी:  कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो ।  ...

थप पढ्नुहोस्

काठमाडौं:  स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्