प्रहरीको चेकिङमा स्कुल बस: १ सय १७ मा गल्ती, ७ कारवाहीमा
पाेखरा | माघ १३, २०७९
पोखरा: जिल्ला प्रहरी ट्राफिक कार्यालय कास्कीले सवारी दुर्घटना न्यूनिकरण गर्न स्कुल बसलाई चेकिङ गर्न थालेको छ ।
पोखराको बजारभित्र सञ्चालन भएको स्कुल बसहरुमा क्षमता भन्दा बढी विद्यार्थीहरु राखेको पाइएपछि स्कुल बसहरुलाई चेकिङ गर्न थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।
१४१ वटा बस चेकिङ गरिएको थियो । पाठकले भने, ‘११७ वटा बसमा गल्ति भेटिएको छ । ७ वटा बस कारवाहीमा परेका छन् ।’
‘पोखरा भित्र रहेका स्कुल बसहरुले ट्राफिक नियम पालना नगरेको व्याकप गुनासो आएपछि अनुगमनलाई तिव्रता दिएका छौं, पाठकले भने, ‘अनुगमनको क्रममा स्कुल बसमा क्षमता भन्दा बढी विद्यार्थीहरु राखेको पाएका छौं ।’
‘स्कुल बसका चालकहरुले लाइन्सेस देखि बसको कागजपत्रहरु समेत साथमा नराखेको पाइएको छ । सम्बन्धित विद्यालयलाई पत्र काटेर यसलाई नियन्त्रण गर्न छलफल गरेर कारवाहीको प्रक्रिया अगाडी बढाउँछौं ।’ पाठकले भने ।
बुधबारदेखि स्कुल बसहरुलाई बढी चेकिङ गर्न सुरु गरेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...
काठमाडौं: यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...
काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

