विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा

पाेखरा | माघ १४, २०७९

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा

पोखरा:   गएको माघ १ मा पोखराको सेती खोँचमा यती एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा विमान दुर्घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ ।


पोखरा महानगरपालिकाले घटनाको १३ औँ दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ को मितेरीपुल नजिक बिहान ठीक १० बजेर ५८ मिनेट जाँदा श्रद्धाञ्जलीसभा गरेको हो । त्यस अवसरमा घटनामा ज्यान गुमाएका सबै यात्रुहरुको स्मृतिमा दीप प्रज्वलनसमेत गरेको हो । 


कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विमान दुर्घटनामा परेकाहरुको शोकले पोखरा, कास्की जिल्लासहित समग्र गण्डकी प्रदेश स्तब्ध भएको बताउनुभयो ।


दुर्घटनाका आला घाउहरु पूर्दै बाँचेकाहरुले नयाँ परिस्थितिको सामना गरेर अगाडि बढ्ने अठोट गर्नुपर्ने मुख्यमन्त्री अधिकारीको भनाइ छ । 


उहाँले दुर्घटनापछि जोखिम मोलेर उद्धार कार्यमा महत्वपूर्ण योगदान गर्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्काउट, रेडक्रस, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी राजनीतिक दललगायतप्रति गण्डकी प्रदेश सरकारकातर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । 


पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दुर्घटनाले पोखरालाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।


माघे सङ्क्रान्तिको बिहान काठमाण्डौबाट पोखरा आउँदै गरेको यती एअरलाइन्सको एटिआर विमान बिहान १० बजेर ५८ मिनेट जाँदा पोखरा वडा नम्बर ७ र १५ को सिमाको सेती नदीको खोँचमा दुर्घटना भएको थियो । घटनामा विमानमा सवार ७२ जनामध्ये ७० जनाको निधन भइसकेको छ भने दुई जनाको खोजी कार्य जारी छ ।


दुर्घटनामा परेकामध्ये अझै केहीको सनाखतका लागि काठमाण्डौको त्रिभुवन शिक्षण अस्पतालमा डीएनए परीक्षण गरिएको छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्