पोखरा: जलिरहेका क्षेत्रीलाई बचाउँदा आफै जलिन् सापकोटा

पाेखरा | माघ १५, २०७९

पोखरा: जलिरहेका क्षेत्रीलाई बचाउँदा आफै जलिन् सापकोटा

पोखराः    पोखरामा महानगरपालिका १३ काहुँखोला बस्दै आएका एक युवकले आत्मदाहको प्रयास गरेका छन् । 


कास्कीको मादी गाउँपालिका ४ घर भएका ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । 


पोखरामा १३ मा संगीता सापकोटाको घरमा बस्दै आएका क्षेत्रीले बाथरुम भित्र पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयास गरेका कँडेललाई बचाउने क्रममा घरधनी सापकोटाकाे शरिरका केही भाग जलेकाे छ ।

 


जलेर घाइते दुबैकाे अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सघन कक्षमा उपचार भइरहेको छ । आत्महादको प्रयास गरेका क्षेत्रीले पोखरामा पुस्तक पसल सञ्चालन गर्दै आएको स्रोतले बताएको छ । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्