११ बुँदे सम्झौता कार्यान्वयन गर्ने सहमतिपछि खुल्यो मादी हाइड्रोपावरको ताला

पाेखरा | माघ १६, २०७९

११ बुँदे सम्झौता कार्यान्वयन गर्ने सहमतिपछि खुल्यो मादी हाइड्रोपावरको ताला

पोखराः    कास्कीको मादी गाउँपालिकामा निर्माणधिन सुपर मादी हाइड्रोपावरको शाखा कार्यालयमा प्रभावित स्थानीयले लगाएको ताला चार दिनपछि खुलेको छ ।  


११ बुँदे सम्झौता कार्यान्वयन नगरेको भन्दै हाइड्रोपावरबाट प्रभावित स्थानीयले सुपर मादी हाइड्रोपावर ताङतिङ शाखा कार्यालयमा लगाएको ताला सम्झौता कार्यान्वय गर्ने सहमति पछि मादी नदी सरोकार समिति, ताङतिङ युवा क्लब, प्रभावित स्थानीयले सयुक्त रुपमा शाखा कार्यालयमा लगाएको ताला खुलाएका हुन् । 


ताङतिङ युवा क्लबका अध्यक्ष भोजबहादुर गुरुङले सम्झौता कार्यान्वयन गर्ने सहमतिपछि हाइड्रोपावरको शाखा कार्यालयमा लगाएको ताला खुलेको जानकारी दिए । 


‘हाइड्रोपावर सञ्चालन पूर्व प्रभावित स्थानीयसँग भएको सम्झौता कार्यान्वयन हुन सकेको छैन्, हाइड्रोपावर निर्माणपछि गाउँमा गर्ने भनेको पूर्वाधारदेखि विभिन्न सम्झौता कार्यान्वयन भएन, गुरुङले भने, ‘सम्झौता कार्यान्वयन गर्न दवाव स्वरुप ताला लगाएका हौ, एक हप्ताभित्र सम्झौता कार्यान्वयन हुने सहमति छ, भएन भने पुनः आन्दोलनमा जान्छौं ।’


शनिबार सुुपर मादी हाइड्रोपावर, मादी नदी सरोकार समिति, ताङतिङ युवा क्लब, प्रभावित स्थानीय र जनप्रतिनिधिहरुको सर्वपक्षीय भेलाले ताला खोल्ने र सम्झौता कार्यान्वयन गर्ने सहमति भएको गुरुङले जानकारी दिए । 


सम्झौतामा प्रभावित स्थानीयलाई मुआब्जा दिने, सिकलेस ताङतिङको बीचमा मोटरेबल पुल खेलमैदान लगायतका पूर्वाधारका कामहरु अगाडी बढाउने सहमति भएको हो । 


सुपर मादी हाइड्रोपावर ताङतिङ शाखा कार्यालयमा नदी सरोकार समिति, ताङतिङ युवा क्लब र प्रभावित स्थानीयले माघ ११ गते ११ बुँदे सहमति कार्यान्वयन गर्न ताला लगाएका थिए । 

पोखरा:  नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् ।  अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...

थप पढ्नुहोस्

पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

थप पढ्नुहोस्