कपिलवस्तुमा गाई मारेको आरोपमा तीन पक्राउ
कपिलवस्तु | माघ १८, २०७९
कपिलवस्तु: कपिलवस्तुमा गाई मारेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको विजयनगर गाउँँपालिका –४ त्रिपालनगर भूपू बस्तीमा गोरु मार्ने क्रममा इलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले पक्राउ परेको हो ।
प्रहरीले स्थानीय रमेश नेपाली, आशबहादुर रोका, देवबहादुर घर्ती मगरलाई पक्राउ गरेको प्रहरी निरीक्षक विजयराज तिमिल्सिनाले बताउनुभयो । उनीहरुबाट गाई मार्न प्रयोग गरिएको १ थान बन्चरो, १ थान हँसिया, ३ थान खुकुरी र २ थान चक्कुसमेत बरामद गरेको छ ।
गाई मार्नेबेला कराएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनीहरुले गाई मारेर मासु खाने योजनामा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेको तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा पठाइएको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

