मोटरसाइकल ठक्करबाट एक पैदलयात्रीको मृत्यु
रुकुम पश्चिम | माघ २०, २०७९

रुकुम पश्चिम: रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खरखरे डाँडामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० बस्ने अन्दाजी ७९ वर्षीया धनी वलीको मृत्यु भएको हो ।
प्रदेश ३–०२–००१ ब ८५७ नम्बरको मोटरसाइकलले हिजो साँझ ५ बजे ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर बाँकेमा गएराति साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
तनहुँ: तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकक...
काठमाडौं: नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरस्थित एक होटलमा बस्नेछ । बैठकमा यही असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे छलफल हुने ...
काठमाडौं: ओमानमा जारी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेको छ। यो जितसँगै नेपालले सुपर–६ मा प्रवेश गर्ने...