राज्यले सहयोग नगर्दा मध्यम वर्गीय व्यवसायीहरू जल्न बाध्य भए: विप्लव

काठमाडाैं | माघ २५, २०७९

राज्यले सहयोग नगर्दा मध्यम वर्गीय व्यवसायीहरू जल्न बाध्य भए: विप्लव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमै बसेर केही गर्छु भन्ने व्यवसायीहरू टाट पल्टिन थालिसकेको बताएका छन् ।

 

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चन्दले वित्तिय संस्थाहरूले प्रवाह गरेको ऋणका कारण व्यवसायीहरू संकटमा पर्दै गएको बताएका हुन् ।

 

नेकपाका महासचिव चन्दले वित्तिय संस्थाबाट लिएको ऋणका कारण किसानहरू उठिबास लाग्ने अवस्था आएको दावी गरे । चन्दले भने,‘सरकारको गलत नीतिका कारण मध्यम वर्गीय व्यवसायीहरू जल्न बाध्य भएका छन् ।’ 

 

राष्ट्रिय उद्योगीहरू समेत आर्थिक भारका कारण आन्दोलन गर्न बाध्य भएका छन् । तराईमा मिटर ब्याजी र पहाडमा लघुवित्तको आतंकबाट सर्वसाधारण जनताहरू आतंकित भएको उनको भनाइ छ ।

 

राज्यसमेत वित्तिय संस्थाहरूको आतंक रोक्न उदासिन भएको उनको आरोप छ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्