अदालतले दोषी ठहर्‍याएका १०४ जना फरार

काठमाडाैं | माघ २६, २०७९

अदालतले दोषी ठहर्‍याएका १०४ जना फरार

दिपायल:   जिल्ला अदालत डोटीले दोषी ठहर गरेका १०४ जना फरार सूचीमा रहेका छन् । अदालतले फरार दोषीको सूची प्रहरीलाई पठाइसकेको छ । यद्यपि प्रहरीले फरार दोषीलाई अझै पक्राउ गर्न सकेको छैन । 

 

निमित्त तहसिलदार लबबहादुर थापाका अनुसार अदालतले ३२ वर्षअघि फैसला सुनाएका व्यक्तिहरूसमेत फरार सूचीमा रहेका छन् । उहाँले भन्नुभयो, “हामीले फरार दोषीको सूची प्रहरीलाई पठाइसकेका छौँ । उनीहरू जुनसुकै बेला पनि समातिन सक्छन् ।”

 

तहसिलदार थापाका अनुसार कर्तव्य ज्यान मुद्दामा दोषी ठहारिएका १३, सवारी ज्यान नौ, जबरजस्ती करणीमा १३, चोरी ११, बहुविवाहको मुद्दामा दोषी ठहारिएका नौ जना फरार सूचीमा छन् । 

 

ज्यान मार्ने उद्योगका तीन, बैङ्किङ कसुरका चार, सरकारी लिखत कृत्य गरेको मुद्दाका आठ, जातीय छुवाछूतका तीन, बालविवाहका चार, भ्रष्टाचार मुद्दाका दुई, वन पैदावार तथा काठको मुद्दाका छ र अप्राकृतिक मैथुन मुद्दाका चार जना दोषी फरार रहेका छन् ।

 

त्यस्तै हाडनाता करणी, लागूऔषध, जबरजस्ती करणीसँगै रहजनी चोरी, अमानवीय व्यवहार, अवैध हातहतियार, पशुपन्छीसम्बन्धी कसुर, जबरजस्ती करणी उद्योग, नेपाली नागरिकता कृत्य, वैदेशिक रोजगार कसुर, गर्भपतन र मानव बेचबिखन मुद्दामा अदालतले दोषी ठहर गरेका एक/एक जना पनि फरार सूचीमा रहेका छन् ।

 

प्रहरीले छुट्टै टोली बनाएर फरार सूचीमा रहेका व्यक्तिको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भोला भट्टले बताउनुभयो ।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्