पोखरा पृथ्वीचोकमा स्कुटर दुर्घटना हुँदा रेजिनाको मृत्यु
पाेखरा | माघ २६, २०७९
पोखरा: पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा स्कुटर दुर्घटना हुँदा रेजिना आचार्यको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा बसले स्कुटरलाई ठक्कर दिदा २७ वर्षीय रेजिना आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञानबहादुर खड्काले जानकारी दिए ।
पोखरा पृथ्वीचोकबाट बुद्धचोकतर्फ जाँदै गरेको ना ८ ख ५२५१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक आचार्यको मृत्यु भएको हो ।
पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारको क्रममा आचार्यको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ । ...
पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...
पोखरा । पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

