बागलुङमा आगोलागी नियन्त्रणका लागि नमुना अभ्यास
बाग्लुङ | माघ २७, २०७९

बागलुङ : बागलुङ बजारमा विपद् व्यवस्थापन सम्बन्धी आगोलागी घटनाको नियन्त्रण, खोज तथा उद्धार नमुना अभ्यास भएको छ।
सशस्त्र प्रहरी गुल्म बागलुङ र नेपाल प्रहरी विपद् व्यवस्थापन गुल्म बागलुङले संयुक्त रूपमा बागलुङ नगरपालिका–१, बांगेचौर मैदानमा नमुना अभ्यास गरेको हो।
आगलागी घटना हुँदा नियन्त्रण, खोज तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सशस्त्र र नेपाल प्रहरीको टोलीले कृतिम नमुना अभ्यास गरेको थियो।
आगोलागी नियन्त्रण र प्रभावितलाई उद्धार जस्ता विषयलाई लक्षित गरी नमुना अभ्यास गरिएको सशस्त्र प्रहरी गुल्म बागलुङका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण कुमार श्रेष्ठले बताए।
विपद् व्यवस्थापनका क्रममा आगोलागी हुँदा प्रहरीलाई तत्काल खबर गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटना स्थलमा पुगेर संयुक्त रूपमा आगोलागी नियन्त्रण गर्ने र घाइतेहरूलाई एम्बुलेन्स मार्फत अस्पताल पुर्याउने, क्षतिको मुचुल्का उठाउने लगायत नमुना अभ्यासमा देखाइएको थियो।
अभ्यासका क्रममा बागलुङ नगरपालिकाको दमकल र धौलागिरी अस्पताल बागलुङको एम्बुलेन्स प्रयोग गरेर आगो नियन्त्रण गर्न र घाईतेहरूलाई अस्पताल पुर्याउन तत्काल चाहिने सवारी साधनहरूको बारेमा जानकारी समेत गराइएको थियो।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले छुट्टाछुट्टै विपद् व्यवस्थापन समितिमार्फत विपद् कार्यदल गठन गरी उनीहरूलाई विपद् आइपरेकालाई खोजी तथा उद्धार कार्यका लागि विभिन्न तालिम सञ्चालन गर्दै आएका छन्।
सो अनुरूप प्रयोगात्मक कृत्रिम नमुना अभ्यासका लागि आगोलागी घटनाको नियन्त्रण, खोज तथा उद्धारको लागि कृतिम नमुना अभ्यास कार्यक्रम सञ्चालन गरिएको गुल्मपति श्रेष्ठले बताए।
ढोरपाटन: सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्र...
काठमाडौं: एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलङ्का विरुद्धको खेलमा नेपालले फराकिलो गोल अन्तरसहित जित निकालेको छ। नेपालले श्रीलंकालाई ८–० गोल अन्तरले पराजित गरेको हो । मध्यान्तर...
काठमाडौं: नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो । युवा सङ्गठन...