बिटी कपमा प्रिक्वाटर समिकरण पूरा

पाेखरा | माघ २७, २०७९

बिटी कपमा प्रिक्वाटर समिकरण पूरा

पोखरा:   पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरको समिकरण पूरा भएको छ । 

 

पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (शुक्रबार) भएको पहिलो खेलमा लामागाउँ एफसीले मण्डेला एफसीलाई ३ –० गोल अन्तरले पराजित गर्याे । लामागाउँको अनुज भण्डारी, सरोज तामाङ र विश्व थापाले समान १/१ गोलको योगदान दिए । 

 

यस्तै खेल संयोजक विनोद गुरुङका अनुसार दोस्रो खेलमा लेकसाइड एफसीले सिमपानी एफसीलाई २–१ गोल अन्तरले हरायो ।
 

 

लेकसाइडको विवेक सन्तोषीले २ गोल गरे भने सिमपानीको तर्फबाट सगुन शर्माले सान्त्वना १ गोल फर्काए ।

 

तेस्रो खेलमा बुन एफसीलाई विष्णुपादुका क्लबले १–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्याे । विष्णुपादुकाको जितमा अनिल सुचिकारले निर्णायक गोल गरे ।
 

चौथो खेलमा मानारथा चर्चलाई सत्य युवा क्लबले १–० गोल अन्तरले पराजित गर्याे । सत्य युवा क्लबको जीतमा दिपेश गुरुङले निर्णायक गोल गरे । 

 

यस्तै पाँचौ खेलमा बेलीज् एफसीलाई एलजी एसोसियशनले १–० गोल अन्तरले पाखा लगायो एलजीको जितमा आशिष गुरुङले निर्णायक गोलको योगदान दिए । छैटौं खेलमा गन्नी एफसीले हरिचोक युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्याे । गन्नीको जितमा सन्दिप राना र लक्ष्य थापाले समान १/१ गोल गरे ।
 

सातौ खेलमा आयोजक बिटी ह्वाइटले एम फाइभलाई २–० गोल अन्तरले हरायो । आयोजकको जितमा संगम दर्जी र सुशान गुरुङले समान १/१ गोलको योगदान दिए । 

 

वी आर ब्रदर्श काठमाडौ र कमलपोखरीबीच भएको खेलको निर्धारित समय गोलरहित भएपछि ट्राइबेकरमा वी आर ब्रदर्शले ५–४ गोल अन्तरले जित निकाल्यो ।

 

खेल संयोजक गुरुङका अनुसार प्रिक्वाटरको समकिरण पुरा भएको छ । शनिबार क्वाटरफाइनलका खेल हुनेछन् भने सो खेलबाट म्यान अफ द म्याच प्रदान गरिने उनले जानकारी दिए ।

 

आगामी फागुन १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।

पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ ।  लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...

थप पढ्नुहोस्

काठमाडौं:    गण्डकी प्रदेश प्रमुखसहित सातै प्रदेशका प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।   बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रदेश प्रमु...

थप पढ्नुहोस्

पोखरा:  पोखराको नदीपुरमा यही असार २४ देखि २८ गतेसम्म हुने क्लबस्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।  लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखरा...

थप पढ्नुहोस्