पोखरा ९ का दलित महिलालाई साबुन बनाउने तालिम
पाेखरा | माघ २८, २०७९
पोखरा: वडा स्तरिय दलित संजाल पोखरा ९ ले आफ्नो वडामा रहेका दलित महिलाहरुलाई साबुन बनाउने तालिम दिएको छ ।
तालिमको समापन गर्दै कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य गीता चम्रकारले तालिममा सिकेको सिपले महिला दिदीबहिनीहरु स्वरोजगार वन्नु पर्ने बताएकी थिइन् ।
कार्यक्रममा पोखरा महानगर न्यायिक समिति सदस्य तथा वडा सदस्य भावना श्रेष्ठ, वडा सदस्य लक्ष्मी पहारी, निवर्तमान वडा सदस्य राममाया मानन्धर लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्दै सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।
१० दिनसम्म संचालन रहेको तालिममा २३ जनाको सहभागिता रहेको थियो भने पोखरा औद्योगिक क्षेत्रमा रहेको गण्डकी साबुन उद्योगका संचालक हरि विश्वकर्माले प्रशिक्षण दिएका थिए ।
तालिममा कपडा र भाडा माझ्ने साबुन, फिनेल, हर्पिक वनाउने तालिम दिईएको थियो । प्रशिक्षार्थीहरु सिम्रन सुनाम र एलिना परियारले तालिमबाट धेरै कुरा सिकेको बताउँदै आफुहरुले मिलेर साबुन उद्योग संचालन गर्ने विषयमा छलफल गर्ने बताएका थिए ।
संजालका अध्यक्ष रामबहादुर वयलकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य जानकी परियार र संचालन सचिव सपना विकले गरेकी थिइन ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

