विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन हुने
काठमाडाैं | माघ २९, २०७९
काठमाडौं : सरकारले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’ परिमार्जन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सावरीका क्रममा चिकित्सक घाइते भएपछि सरकार र चिकित्सकका प्रतिनिधिबीचको वार्ताबाट सरकार ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’परिमार्जन गर्न सहमत भएको हो ।
विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था,विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता नहुने गरी कार्यविधि परिमार्जन हुने भएको हो ।
त्यसका लागि सरकारसमक्ष एक हप्ता भित्रमा सुझाव पेश गर्ने र सरकारले उक्त सुझावहरूलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने सहमति भएको छ ।
यस्तै,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधनसहित )ऐन,२०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने साथै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने सहमति पत्रमा उल्लेख छ ।
सिंहदवारमा आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको वार्तामा प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे,स्वास्थ्यमन्त्रालयका सचिव डा. रोशन पोखरेल र गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंह सहभागी थिए । यस्तै,चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की, महासचिव डा बद्री रिजाल, ट्रमासेन्टरका निर्देशक डा. रुद्र मरासिनी, संघका पूर्व अध्यक्ष डा मुक्तिराम श्रेष्ठ सहभागी थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारी संसद्मा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा रहेका प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सक वरिष्ठ अर्थोपेडिक सर्जन डा.जुनीथलाल सिंहलाई कुटेपछि चिकित्सक आन्दोलनमा उत्रिएका थिए ।
चिकित्सक आन्दोलनमा उत्रिएपछि विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्न सरकार तयार भएको हो।
भीआईपी आवतजावतमा सर्वसाधारण निकै मारमा पर्ने गरेका छन् । आवतजावत नै अवरुद्ध हुने गरी भीआइपी सवारी हुने गरेपछि त्यसको मारमा आमसर्वसाधारण पर्ने गरेका हुन्।
रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र...
पोखरा: पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले ह...

