भर्खरैः पोखराको महेन्द्रपुलमा निजी गाडीले ३ पैदलयात्रीलाई ठक्कर दियो, २ घाइते
पाेखरा | माघ २९, २०७९
पोखराको महेन्द्रपुलमा भर्खरै एक निजी गाडीले सडक पार गरिरहेका ३ जनालाई ठक्कर दिएको छ । ठक्करबाट घाइते भएका २ जनालाई उपचारार्थ नजिकैको अस्पताल लगिएको छ ।
अर्का एकको अवस्था भने सामान्य रहेको छ । सामान्य अवस्था रहेका पैदलयात्री वसन्त रसाइली हुन् ।
तीब्र गतिमा रहेको बा १३ च २६६२ नम्बरको पजेरोले पैदलयात्रीलाई ठक्कर दिएपछि पुलको बारमा गएर ठोक्किएको छ ।
पुलकाे बारमा ठोक्किँदा पजेरो नदीमा खस्नबाट बचेको छ । हाल चालकलाई नजिकै ड्युटीमा खटिएका प्रहरीले नियन्त्रणमा लिएको छ ।
चालकको अवस्थाबारे केहीबेरमा जानकारी दिने प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

