श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडाैं | फागुन २, २०७९

श्रीमानले गरे श्रीमतीको हत्या

दैलेख : दैलेखमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । गुराँस गाउँपालिका–८ माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया पार्वती बिसीको हत्या गरेका हुन् ।

 

खड्काले सोमबार राती श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए । काठको गरालो घटनास्थलमा भेटिएको र सोहि गरालोले प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी लम्सालले बताए । 

 

डीएसपी लम्सालका अनुसार खड्का र बिसीको गत मंसिरमा विवाह भएको थियो । खड्काले विवाह गरेको तीन महिना नबित्दै श्रीमतीको हत्या गरेका हुन् । मृतक बिसीको माइती घर गुराँस गाउँपालिका–६ मा हो । 

 

‘पति पत्नी दुवै अशक्त हुनुहुन्छ,पति बोल्न नसक्ने र कान नसुन्ने हुनुहुन्छ,पत्नी सुस्त मनस्थितीको रहेको अनुसन्धानबाट खुलेको छ,'डीएसपी लम्सालले भने, ‘सोमबार पति पत्नीबीच सामान्य झै–झगडा परेको हुनसक्छ,पत्नी हत्यामा संलग्न खड्का बोल्न नसक्ने  र कान नसुन्ने भएका कारण के कारणले हत्या गरेको भन्ने खुलेको छैन् ।’

 

खड्कालाई प्रहरीले पक्राउ गरेको छ। मृतकको तर्फबाट भिनाजु नाता पर्नेले जाहेरी दिएको र घटनाबारे थप अनुसन्धान थालिएको डीएसपी लम्सालले बताए । मृतकको शव पोस्टमार्टमका लागि दैलेख जिल्ला अस्पतालमा ल्याइएको छ । 

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्