बाटो भुलेपछि चाबी बोकेर लेकसाइडमा हिजोदेखि होटल खोज्दै पर्यटक !
पाेखरा | फागुन २, २०७९
सोमबार दिउँसो पोखराको लेकसाइड आइपुगेर होटलको रुममा रुकस्याक (झोला) राखेर तुरुन्तै बाहिर निस्केका एक फ्रेञ्च पर्यटकले अहिलेसम्म आफु बसेको होटल पत्ता लगाउन सकेका छैनन् ।
होटलबाट निस्केर नगद पैसाको जोहो गर्न उनी एटीएम खोज्न निस्किएका थिए । उनले एटीएमल त भेटे तर होटल फर्कने बाटो भुले ।
हिजो दिनभर उनको होटल खोजी गर्न स्थानीय श्वेता रानाभाटसँगै परिवार लागिपरे पनि साँझसम्म होटल ठम्याउन सकेनन् । होटल नभेटिएपछि पर्यटकले अर्काे होटलमा रुम लिएर बसे ।
पर्यटकले भनेका छन्, ‘केही हतार थियो, होटलमा फुत्त झोला फालेर म एटीएम खोज्न निस्के । हतारोले होटलको नाम पनि हेरिन ।’ होटलको रुट पत्ता लगाइहाल्ने विश्वास लिएर निस्किँदा दुख पाएको सुनाए ।
आजपनि होटल खोजी कार्य जारी छ । होटल पत्ता लगाउन सहयोग हुने विश्वासले उनको रुमको चाबी सोसियल मिडियामा पोष्ट्याइएको छ ।
‘पोखरा नोटिसबोर्ड’ नामक फेसबुक पेजमा उनको तस्बिर र चाबी राखिएको छ ।
समाचार तयार पार्दासम्म उनकाे हाेटल पत्ता लगाउन सकिएकाे छैन ।
उक्त चाबी कुन होटलको हो, कसैलाई थाहा भए फोन नम्बर ९८०४१०५६८८ मा सम्पर्क गरिदिन रानाभाटले अनुरोध गरेकी छिन् ।
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...
काठमाडौं: यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...
काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

