अनेरास्ववियु महाधिवेशनः सहमतिबाट अध्यक्ष छान्ने प्रयास, समिक बडालको सम्भावना
पाेखरा | फागुन ४, २०७९
अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन काठमाण्डौंमा जारी छ ।
महाधिवेशनको तालिकाअनुसारका काम केही ढिलो भएपनि अहिले आकांक्षीहरुको अन्तिम नामावली सार्वजनिक भइसकेको छ ।
अध्यक्षको नेतृत्वमा दाबेदारी गरेका ५ मध्ये चारजना प्रतिष्पर्धामा छन् । जसमध्ये हालका महासचिव समिक बडाललाई आगामी अध्यक्षकारुपमा हेरिएको छ ।
नेतृत्वको होडमा बडालसँगै आरसी लामिछाने, मोती बिक र लोकश निरौला मैदानमा छन् । यता अध्यक्ष मण्डल भने सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने ध्याउन्नमा छ ।
सोही अनुसार अहिले मण्डलको बैठक जारी रहेको महाधिवेशनमा गण्डकीबाट सहभागी प्रतिनिधिले बताएका छन् ।
सहभागीमध्ये गण्डकी प्रदेशतर्फका खुल्ला केन्द्रीय सदस्य उम्मेदवार सुशन घिमिेर भन्छन्, ‘समिक बडालको सम्भावना बढी छ, यदि चुनाव भए बडाल र लामिछानेबीच प्रतिष्पर्धा हुनेछ ।’
अध्यक्षका अर्का प्रत्यासी वाङ्छु योञ्जनले बडाललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।
महाधिवेशन तालिका अनुसार आज साँझबाट निर्वाचन हुनेछ । यद्यपि, अध्यक्ष छान्न ‘टीकेप्रथा’ लागु हुने सम्भावना छ ।
तर सहमतिको अधिकतम प्रयासलाई टीकेप्रथा भन्न नमिल्ने गण्डकी प्रदेशबाट स्थायी कमिटी सदस्य पदका उम्मेदवार विश्वदर्शन पराजुली बताउँछन् ।
पराजुली भन्छन्, ‘अन्तिम नामावली सार्वजनिक भएपछि हामीहरु भोट मागिरहेका छौं, तर उच्चपदमा अध्यक्ष मण्डलले सहमति जुटायो भने त्यसलाई सकारात्मक मान्नुपर्छ, टीकेप्रथा भन्न मिल्दैन ।’
यद्यपि, सहमतिबाटै अध्यक्ष चयन गर्न कठिन हुने आशिर्वाद सुवेदी बताउँछन् । खुल्लातर्फ सचिवमा उम्मेदवारी दिएका सुवेदी भन्छन् ‘मुख्यतः लामिछाने र बडालबीच प्रतिष्पर्धा हुने सम्भावना छ, दुबैजना ब्याक हुने मनस्थितिमा छैनन् ।’
महासचिव पदमासमेत सहमतिको प्रयास भएपछि उम्मेदवार नरेश रोकायाले विरोध जनाएका छन् । विरोधपछि मतदानमार्फत महासचिव निर्वाचित हुने भएको छ ।
मंगलबारदेखि सुरु भएको महाधिेवेनमा देशभरका १६ सय बढी प्रतिनिधि सहभागी छन् । हालसम्म ४ स्थायी कमिटी सदस्य र ३५ केन्द्रिय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

