गण्डकी सरकारले मनायो ‘स्थापना दिवस’

पाेखरा | फागुन ४, २०७९

गण्डकी सरकारले मनायो ‘स्थापना दिवस’

कास्की:   गण्डकी प्रदेश सरकारले पाँचौ स्थापना दिवस –२०७९ मनाएको छ ।

 

गण्डकी प्रदेश सरकार स्थापनाको पाँचौ वर्ष पूरा भई छैटौं वर्षमा प्रवेश गरेको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको व्यवस्थापनमा आज (बिहीबार) स्थापना दिवस मनाएको हो । 

 

सो अवसरमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकारको पाँच वर्षको गतिविधि समेटिएको पुस्तक विमोचन गरेका थिए । 

 

विमोचन पश्चात सभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले आम नागरिक र राजनीतिक व्यत्तित्वहरुको समन्वयमा प्रदेश सरकारले कदम चाल्नुपर्ने धारणा राखे ।  उनले यसअघिका सरकारले आधारशीला तयार गरिसकेको बताउदै वर्तमान सरकारले कार्यान्वयनको पक्षमा लाग्नुपर्ने बताएका थिए । 

 

यस्तै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेतृत्व पङ्तिमा रहेका व्यक्तिहरुले चुनौतीमा अवसर देख्नुपर्ने तर्क राखे । 

 

उनले चुनौती भित्र समस्या देख्ने व्यक्तिहरु सफल हुन नसक्ने भन्दै चुनौतीमा अवसर खोज्नुपर्ने दोहोर्याए । ‘नेतृत्वमा बस्ने र रहनेहरुले चुनौतीमा अवसर देख्नुपर्छ र चुनौतीमा समस्या देख्नेहरु नेता  हुन सक्दैनन् । त्यसैले चुनौतीलाई अवसरमा बदल्न सक्नुपर्छ ।’ उनले भने ।

 

उनले आफु नेतृत्वको सरकारले संघीय सरकारसँग स्वायत्तताका लागि संघर्ष गरेको स्मरणसमेत गरेका थिए । 

 

सो कार्यक्रममा निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सभामुख कृष्ण प्रसाद धिताल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

 

सो कार्यक्रमकाबीच उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै विभिन्न ३ विधामा १० जना निजामती कर्मचारीलाई पुरस्कृत गर्ने घोषणा गरिएको थियो ।

 

सहिदपार्कस्थित सहिद स्तम्भमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरि बहादुर चुमान, आर्थिक मामिलामन्त्री सीता सुन्दास, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ, आन्तरिक मामिला तथा कानूनमत्री रोशन बहादुर गाहा थापा, उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बेद बहादुर गुरुङ, उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री रेशम जुग्जाली लगायतले माल्र्यापण गरि प्रभातफेरि कार्यक्रम शुभारम्भ गरिएको थियो ।

सो र्याली पोखरा सभागृहमा आएर  मुल समारोहमा परिणत भएको थियो ।
 

प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

 

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

थप पढ्नुहोस्

पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।    सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...

थप पढ्नुहोस्

पोखरा ।    पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ ।   पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

थप पढ्नुहोस्