त्रिवेणी सुस्ता जानेगरी सडक निर्माण हुन्छ: मुख्यमन्त्री अधिकारी
पाेखरा | फागुन १०, २०७९
कावासोती: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नवलपुरबाट नै त्रिवेणी सुस्ता जानेगरी सडक निर्माण गर्ने बताउनुभएको छ । गैँडाकोटमा भएको प्रदेश र स्थानीय तहको समन्वयबारे भएको छलफल कार्यक्रममा मुख्यमन्त्री अधिकारीले आवश्यक कागजात तयार भएको बताउनुहुँदै आवश्यक परे सर्वोच्च अदालत गएर भए पनि समस्या समाधान गरी यसैवर्ष सडक निर्माणको काम सुरु गरिने बताउनुभएको हो ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले एक अर्कालाई आवश्यक पर्दा तीनै तहको सरकारका अधिकारीबीच समन्वय भए सङ्घीयताले सार्थकता पाउने बताउनुभयो । संविधानले सह शासनको परिकल्पना गरेको जनाउनुहुँदै उहाँले सहकारिता, सह अस्तित्व र समन्वय गरेर अघि बढे सफलता पाउने बताउनुभयो ।
कार्यक्रममा आर्थिक मामिला मन्त्रालयका सचिव विष्णुप्रसाद शर्माले प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले प्रदेश र स्थानीय तहका वित्तीय अन्तरसम्बन्ध, आर्थिक क्षेत्राधिकार, राजस्व बाँडफाँट र अनुदानबारे प्रस्टाउनुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका ५ वटा जिल्लाका स्थानीय तह प्रमुख एवम् उपप्रमुख, गाउँपालिकाका अध्यक्ष एवम् उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतले जिल्ला तहको समूहगत छलफलपछि जिल्लाको तर्फबाट राय व्यक्त गर्नुभएको थियो ।
मनाङका ४ वटा पालिका, लमजुङका ८ वटा, तनहुँका १० वटा, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का ८ वटा र गोरखाका ११ वटा पालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति रहेको थियो । उहाँहरूले स्थानीय तहको राजस्व अभिवृद्धिका लागि प्रदेश सरकारबाट अपेक्षा, प्राकृतिक स्रोत शुल्क (ढुङ्गा, गिट्टी, बालुवा) बाँडफाँटको अवधारणा र आर्थिक क्षेत्रसँग सम्बन्धित अन्य विषयमा राय राखेका थिए ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

