सांसद चौधरीको कैद माफी भएको संसदलाई जानकारी

काठमाडाैं | फागुन १०, २०७९

सांसद चौधरीको कैद माफी भएको संसदलाई जानकारी

काठमाडौं:  सभामुख देवराज घिमिरेले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको कैद माफी भएको जानकारी प्रतिनिधिसभा सदस्यलाई दिएका छन् ।

 

बुधबार बसेको बैठकमा सभामुख घिमिरेले यही फागुन ७ गते प्रजातन्त्र दिवको अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीबाट चौधरीको कैद माफी भएको जानकारी गराएका हुन् ।

 

सांसद चौधरी ट्याक्टरमा आगजनी गरेको कसुरमा जिल्ला अदालत कैलालीबाट सुनाइएको ६ महिना कैद सजाय भुक्तान नगरि फरार सूचीमा रहेका थिए । सोही कारण चौधरीलाई पक्राउ गरी गत माघ २० गते जिल्ला अदालत कैलालीमा पेस गरिएको थियो ।

 

तर, सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी भएपछि उनी रिहा भइसकेका छन् ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्