गण्डकी प्रदेशबाट राप्रपाका मन्त्री पन्चराम बाहिरिने

पाेखरा | फागुन १३, २०७९

गण्डकी प्रदेशबाट राप्रपाका मन्त्री पन्चराम बाहिरिने

राष्ट्रिय प्रजातन्त्र पार्टीले  संघ र सरकार दुबै सरकारबाट बाहिरिने निर्णय गरेसँगै गण्डकी प्रदेशमा पनि सरकार हेरफेर हुने भएको छ । 

 

बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेसँगै गण्डकीमा पनि यस्तो अवस्था आएको हो । 

 

निर्णयपछि प्रदेशका युवा तथा खेलकुदमन्त्री पन्चराम गुरुङले पार्टीको निर्णयलाई पालना गर्ने प्रतिक्रिया दिएका छन् । ‘धुम्बाराही बैठकबाट संघ र प्रदेशको सरकारबार बाहिरिने निर्णय भर्खरै भएको छ’ मन्त्री गुरुङ् भन्छन् ‘हामीले त्यसको पालना गर्दै बाहिरिने छौं ।’

 

यद्यपि, पार्टीको निर्णयभपछि प्रदेश कमिटीमा पनि अब छलफलमा बस्ने तयारी भइरहेको गुरुङले जनाए । 

 

प्रदेशमा राप्रपाका २ सांसद छन् । 

 

पुस १० मा सात दलबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो। उक्त सहमतिअनुसार बनेका प्रदेश सरकारमा पनि राप्रपाले सहभागिता भएको थियो। 

 

प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बनेर सहभागी बनेका थिए। राप्रपाबाट विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बनेका थिए। 

 

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी पनि प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको थियो। रास्वपाले सरकारबाट बाहिरिँदा सरकारलाई दिएको समर्थन फिर्ता लिएको लिएको थिएन। 


 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्