रामचन्द्र पौडेलको जित निश्चित छ : सांसद प्रदीप पौडेल
काठमाडाैं | फागुन १८, २०७९
काठमाडौं: नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाली आठ दलीय गठबन्धनमा कांग्रेसका तर्फबाट राष्ट्रपतिमा उम्मेदवार दिनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गर्नुभएको छ ।
बिहीबार काठमाडौंमा भएको आठ दलीय गठबन्धनका सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै सांसद पौडेलले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्नुभएका पौडेलको पक्षमा मत मागनका लागि यो कार्यक्रम गरिएको पनि उल्लेख गर्नुभयो ।
सांसद पौडेलले भन्नुभयो, ‘‘राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेलको पक्षमा मत माग्ने, विशेष गरी आठ दलसँग सम्बन्धित प्रतिनिधि सभामा सांसदहरु र प्रदेश भित्रका सांसदहरुलाई बोलाएर अभिमुखीकरण कार्यक्रममा सहभागी गराएर आठ दलको तर्फबाट उम्मेदवार बन्नुभएका पौडेललाई जिताएर सबै एकै ठाउँमा बसेर मत माग्न यो कार्यक्रम गरिएको हो । आठ दलका नेताहरु आफ्नो उम्मेदवारलाई मत मागिरहनुभएको छ ।’’
उहाँले अभिमुखीकरण कार्यक्रममा आठ दलका शीर्ष नेताहरुले आफ्ना सांसदहरुलाई उम्मेदवार पौडेलका लागि मत मागिरहेको उल्लेख गर्नुभयो । उम्मेवार पौडेल राष्ट्रपति भइसकेपछि राष्ट्रपति पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण्ड राख्दै संविधानको संरक्षकका रुपमा काम गर्ने, राष्ट्रियता राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्नेमा विश्वस्त रहेको बताउनुभयो ।
सांसद पौडेलले भन्नुभयो, ‘‘राष्ट्रपति पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण्ड राख्दै संविधानको संरक्षकका रुपमा काम गर्ने, राष्ट्रियता राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्ने प्रतिवद्धता रामचन्द्र पौडेलले गर्नुभएको छ । मतका हिसावले उहाँले निर्वाचन जित्ने निश्चित छ ।’’
सांसद पौडेलले राष्ट्रपति पद देशको अभिभावकको रुपमा र संविधानको संरक्षकको रुपमा राष्ट्रपति रहनुपर्ने भन्दै राष्ट्रपतिले हस्तक्षेपकारी भुमिका खेल्नु नहुने बताउनुभयो ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

