बालअधिकार मञ्चद्धारा सरोकारवालाको ध्यानाकर्षण

पाेखरा | फागुन १८, २०७९

बालअधिकार मञ्चद्धारा सरोकारवालाको ध्यानाकर्षण

पोखरा:    बालअधिकारको लागि नागरिक समाज (बालअधिकार मञ्च)ले कास्कीले पछिल्लो समयमा बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि हुँदै गएको भन्दै चासो व्यक्त गरेको छ ।


मञ्चले प्रमुख जिल्ला अधिकारी टेकबहादुर के.सी., पोखरा महानगरपालिकाका प्रमुुख धनराज आचार्य, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार वि.क., र श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख सुरेश ढकाललाई भेटी ध्यानाकर्षण पत्र बुझाएको छ ।


शान्तिका लागि नागरिक समाजको संजाल पोखराका संयोजक विना सिलवाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराका संयोजक शिव खकुरेल, बालहितकारी परियोजना नेपाल पोखराका संयोजक केशव पौडेल, असल छिमेकी सहयोग संघ (गोनेसा) का संयोजक शिवराज शर्मा, पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रम संयोजक पीति पाण्डे, एड्भोकेसी फोरम पोखराका संयोजक कुञ्जनी परियार प्यासी, सिवीन नेपाल पोखराका संयोजक शंकर नेपाली लगायतको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।


पछिल्लो समय पोखराका विभिन्न स्थानमा सञ्चालित खाजाघरहरूमा १८ बर्षमुनिका बालिकाहरू राखी उनीहरूलाई जोखिमपूर्ण कार्यमा लगाउने गरेको तथा कतिपयले बालिकाहरूलाई घर भाडामा नै लिएर राख्ने र ग्राहकको माग अनुसार उनीहरूलाई ओसारपसार गर्ने पाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।


यसैगरी १४ बर्ष मुनिका बालबालिकाहरूलाई बालश्रममा लगाउने गरेको पाइएको, पोखरा ५ खुँडेपोखरीमा डुबेर ४ बर्षीय बालकको मृत्यु भएको, फागुन ९ गते पोखरा सेती दोभानस्थ्ति सेनाको प्रशिक्षणमा फेला परेको बिस्फोटक पदार्थ खेलाउँदा २ जना बालक घाइते भएको र घटनाको बारेमा सेनाबाट नै फरक फरक धारणा आएको भन्दै यसलाई गम्भीर रुपमा लिनुपर्ने मञ्चको माग छ ।


पोखराका विभिन्न स्थानमा सञ्चालिकत स्केट पार्कहरूमा बालबालिकाको आकर्षण बढ्दै गएको र उनीहरू त्यसबाट जोखिमपूर्ण गतिविधिमा संलग्न हुने गरेको पाइएको भन्दै सम्बन्धित पक्षले निगरानी तथा अनुगमन गर्न मञ्चले माग गरेको छ  ।
 


 

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्