‘पुतली बाजे’ १४ दिनदेखि अस्पतालमा, स्वास्थ्य सुधारोन्मुख

पाेखरा | चैत ७, २०७९

‘पुतली बाजे’ १४ दिनदेखि अस्पतालमा, स्वास्थ्य सुधारोन्मुख

नेपाल सरकारबाट २०७६ सालमा मानार्थ नेपाली नागरिकता पाएका पुतली बाजे (कलिन स्मिथ) उपचारार्थ अस्पताल भर्ना भएको आज १४ दिन भएको छ । 

 

बाजेको हरियोखर्क अस्पतालमा उपचार भइरहेको र हाल स्वास्थ्य अवस्था सुधारोन्मुख भएको अस्पताल प्रशासनले जनाएको छ । उनमा पिसाबको संक्रमण देखिएको र वान्ता आइरहने समस्या छ । 

 

८७ वर्षे बाजे पोखरामा रहेर पुतली संकलनमा लागेकैकारण उनी पुतली बाजेकारुपमा चिनिन्छन् । उनले नेपाल सरकारबाट २०७६ सालमा मानार्थ नेपाली नागरिकता पाएका हुन् । 

 

हाल पोखरा महानगरले वडा १८ ग्यारजातीमा घर बनाइदिएपछि त्यही रहँदै आएका बाजे १९९३ साल मंसिरमा लण्डनमा जन्मिएका हुन् । 
 

ग्लास्गो युनिभर्सिटीमा अध्यापन गरिरहेका बाजे युनाइटेड मिसन टु नेपालले पोखरामा विद्यालय खोल्ने भएपछि ०२२ माघमा पोखरा आएका थिए । 

 

नेपालको ४० जिल्लामा पुगेर उनले करिब २५ हजार पुतली संग्रह गरेका छन् । 

 

अस्पतालका अनुसार उनको उपचार खर्च इन्टरनेशनल नेपाल फेलोशीप (आइएनएफ)ले ब्यहोर्नेछ । यसअघि पनि गत असारमा उनी बिरामी भएर अस्पताल भर्ना भएका थिए । 

 

मानार्थ नेपाली नागरिकता प्राप्त गरेपछि बाजेले नेपाल सरकारबाट वृद्धभत्तासमेत पाउँदै आएका छन् । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्