लेखनाथवासीले सडक मर्मत गर्न रुमाल थापेर पैसा उठाउँदै

पाेखरा | चैत १६, २०७९

लेखनाथवासीले सडक मर्मत गर्न रुमाल थापेर पैसा उठाउँदै

पोखरा:    पोखरा महानगरपालिका २७, ३० र ३१ वडामा पर्ने तालचोक– बेगनासताल सडकखण्ड मर्मत नगरेको भन्दै लेखनाथवासीले पैसा संकलन गरेर मर्मत गर्ने भन्दै सांकेतिक विरोध गरेका छन् ।

 
आज (बिहीबार) लेखनाथको तालचोकमा शान्तिपूर्ण आन्दोलनको क्रममा स्थानीयहरुले सडक मर्मत गर्न पोखरा महानगरको मेयर र वडाध्यक्ष विरुद्ध नारा लगाउँदै सडक मर्मत गर्न रुमालमा पैसा संकलन गरेका हुन् । 


स्थानीय सुशील बास्तोलाले तालचोक-बेगनासताल सडकखण्डमा खाल्डाखुल्डी भएका कारण दुर्घटनाको उच्च जोखिम रहेको बताए । 


‘तालचोक–बेगनासताल सडकमा खाल्डाखुल्डी बढी भएका कारण दुर्घटनाको उच्च जोखिम छ, बास्तोलाले भने, ‘लेखानाथ बासीले सडक मर्मत गर्न महानगर र वडा कार्यालयसँग माग गरेपनि सुनुवाई नगरेपनि शान्तिपूर्ण आन्दोलन गरेका हौं ।’


उनले आन्दोलनको क्रममा स्थानीयले पैसा संकलन गरेको भन्दै स्थानीयले नै सडक मर्मत गर्ने समेत बताए । 


लेखनाथवासीले महानगर र वडा कार्यालयले सडक मर्मतमा चासो नदिएको भन्दै तालचोकमा बिहान ९ बजेदेखि ११ सम्म शान्तिपूर्ण आन्दोलन गरेका थिए । 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्