चितवनमा एलपी ग्यास बोकेको ट्यांकर पल्टिदा एकको मृत्यु
चितवन | चैत २०, २०७९
चितवन : एलपी ग्यास बोकेको ट्याङकर पल्टिदा एकजनाको मृत्यु भएको छ ।
आफै अनियन्त्रित भइ ट्यांकर पल्टिदा एकजनाको मृत्यु भएको हो भने अर्का एकजना घाइते भएका छन् । मृतकको सनाखत भएको छैन ।
बिहान ६ बजे इच्छाकामना गाउँपालिका वडा नम्बर ४ पृथ्वीराजमार्गको लेवटारमा मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डीटी ६०५५ नम्बरको भारतीय ट्याङकर अनियन्त्रित भइ सडक छेउमा पल्टिएको हो ।
घाइतेको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको चितवन प्रहरीका प्रवक्ता डीएसपी बिजय पन्डितले बताए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

