देशैभरका उद्यमीलाई स्टार्ट अप कर्जास्वरुप ३ प्रतिशत ब्याजमा २५ लाखको अनुदान

पाेखरा | चैत २३, २०७९

देशैभरका उद्यमीलाई स्टार्ट अप कर्जास्वरुप ३ प्रतिशत ब्याजमा २५ लाखको अनुदान

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आव्हान गरेको छ । 

 

विभागका अनुसार कर्जा लिन इच्छुक स्टार्ट अप उद्यमीहरुमा नवीनतम ज्ञान, सिप, सोंच र दक्षता हुनुपर्नेछ । झट्ट हेर्दा यसअघि विभागले उपलब्ध गराएको महिला उद्यमी कर्जाभन्दा केही फरक मोडल रहेको विभागले जनाएको छ । 

 

‘विभागको उद्देश्य देशभरका त्यस्ता समूहलाई लक्षित गरिएको छ जसले स्थानीय उद्यम र अर्थतन्त्रमा टेवा दिन सकुन्’ विभागकी निर्देशक रमिला भण्डारी भन्छिन् ‘सह लगानी वा साझेदारी फर्महरुलाई सरकारले दिने विशुद्ध अनुदान हो ।’ भण्डारीका अनुसार संयुक्त लगानीमा रहेका कम्पनीले विभागबाट अधिकतम २५ लाख रुपैयाँ अनुदान पाउनेछन् ।
 

 

स्टार्ट अप कर्जाका लागि अन्य सहुलियतपूर्ण कर्जा जस्तै ३ प्रतिशत मात्र ब्याजदर तोकिएको छ । स्टार्ट अप व्यवसायलाई कार्यविधिले विभिन्न बस्तु सेवालाई विकास गर्ने, सञ्चालन गर्ने र उत्पादन गर्ने भनी तोकेको छ ।
निर्देशक भण्डारीले दिएको जानकारी अनुसार अनुदानका नाममा दिइने कर्जा उद्यम परियोजनाअनुसार अधिकतम २५ लाख रुपैयाँ हुनेछ भने ३ प्रतिशत ब्याज लाग्नेछ । 

 

‘बढीमा २५ लाख रुपैयाँसम्म अनुदान हुनेछ, साना परियोजना पनि प्राथमिकतामा पर्नेछ’ भण्डारी भन्छिन् ‘कर्जास्वरुप दिइने अनुदानको समयसीमा ७ वर्ष हुनेछ ।’

 

आवेदनका लागि विभिन्न ७ वटा शर्तहरू राखिएको छ । जस्तै उद्योग सञ्चालन भएको न्यूनतम ७ वर्ष भएको हुनुपर्ने, उद्योगमा भएको लगानी, नवीनतम सोच भएको हुनुपर्ने, औद्योगिक सम्पत्तिमा त्यस उद्यमको पहुँच के कस्तो छ भन्ने जस्ता विषयहरू शर्तमा समावेश गरिएको छ ।
 

 

स्टार्ट अपबाट आवेदन आइसकेपछि १ महिना भित्र मूल्याङ्कन गरी छनोट भएकाहरूको सूची नेपाल राष्ट्र बैङ्कलाई मूल्याङ्कन समितिले पठाउने गर्छ । मूल्याङ्कन गर्दा सबैभन्दा बढि अङ्क ल्याउने स्टार्ट अपहरूले कर्जा सुविधा पाउने गर्छन् । सम्पूर्ण प्रक्रिया पूरा भएपछि त्यसको ७ दिनभित्र कर्जा सिफारिस गर्नुपर्ने कुरा कार्यविधिमा उल्लेख गरिएको छ ।

 

 

कर्जा विशेषगरि नेपालकै लागि प्राथमिकताको क्षेत्र, प्रविधि, विज्ञान, सञ्चार जस्ता क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि सञ्चालन भएका उद्यमहरूलाई प्रदान गर्ने कार्यविधिको योजना छ ।

 

 

आवेदन बैशाख ६ गतेसम्म दिन सकिनेछ । आवेदन दिने प्रक्रिया झन्झटिलो छैन । प्रस्ताव फारम, उद्योग दर्ता गर्दाको प्रमाणपत्र, स्थायी लेखा नम्बर, कर चुक्ताको प्रमाणपत्र र उक्त उद्योगको अधिकारिकता जनाउनका लागि आधिकारिक व्यक्तिको नागरिकताको फोटोकपी आवेदन फारमसँगै समावेश गर्नुपर्ने छ । 
 

 

नवीनतम सोच भएका साना उद्यमहरू, स्टार्टअप गर्नेहरूले यस सहुलियतपूर्ण कर्जा लिन आफ्नै परियोजनालाई धितोका रुपमा राख्न पाउनेछन् ।
 

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्