११औँ चार्टर डेमा रोट्रयाक्ट क्लब अफ मणिपालको रक्तदान कार्यक्रम
पाेखरा | चैत २७, २०७९
पोखरा: रोट्रयाक्ट क्लब अफ मणिपाल कलेज अफ मेडिकल साइन्सको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार मणिपाल अस्पतालको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरे ।
क्लबको ११औँ चार्टर डेको अवसरमा कार्यक्रम गरिएको हो । रोट्रयाक्ट क्लब अफ मणिपालकी अध्यक्ष रञ्जना केसीले क्लबले विविध समयमा सामाजिक कार्यहरु गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताइन् ।
‘हामीले विभिन्न दिवस वा अन्य समयमा विविध सामाजिक कार्यहरु गर्दै आइरहेका छौँ । हामी मेडिकल सेक्टरकै भएको भएर विशेषतः मेडिकल फिल्डसँग सम्बन्धीत कार्यहरु गर्दै आइरहेका छौँ । आगामी दिनहरुमा पनि अझ सशक्त रुपमा यस्ता कार्यक्रमहरु गर्नेछौँ,’अध्यक्ष केसीले भनिन् ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

