बलियो नेपाल कपमा स्टार क्रिकेट एकेडेमी च्याम्पियन

पाेखरा | चैत २७, २०७९

बलियो नेपाल कपमा स्टार क्रिकेट एकेडेमी च्याम्पियन

पोखरा:   बलियो नेपाल कपमा– अन्तर एकेडेमी टि –२० क्रिकेट प्रतियोगितामा स्टार क्रिकेट एकेडेमी  च्याम्पियन बनेको छ ।

 

पोखरा रङ्गशालामा आज (सोमबार) भएको फाइनल खेलमा कर्णाली एकेडेमीलाई ७ विकेटले हराउँदै बलियो नेपाल कप २०२३ को उपाधि स्टार क्रिकेट एकेडेमीले जितेको हो ।   

 

उपाधिसँगै स्टार क्रिकेट एकेडेमीले नगद रु ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको कर्णाली एकेडेमीले नगद रु २५ हजार हात पार्याे ।

 

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले १९.१ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै केवल ७२ रनको बनाउन सफल रह्यो । 

 

कर्णालीका बिराट भण्डारीले २७ बल खेली सर्वाधिक १५ रन बनाए । रोशनले व्यक्तिगत १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । स्टारका लागि सुमित पराजुलीले आफ्नो व्यक्तिगत ४ ओभरमा १७ रन खर्चिंदै ३ विकेट लिन सफल भए । 

 

त्यस्तै शुभम खनालले २ तथा कप्तान अम मिश्र, निर्मल गुरुङ र महेश भरले समान १ विकेट लिए।  ७३ रनको लक्ष्य पक्ष्याउंदै जवाफी ब्याटिङ गरेको स्टार क्रिकेट एकेडेमीले उक्त लक्ष्य केबल ९.५ ओवर खेली ३ विकेट गुमाउंदै पुरा गर्यो। स्टारका लागि ओपनर अनमोलले ३० बलमा २५ रन बनाए भने कप्तान अमर मिश्रले केबल ९ बलमा २२ रन बनाए ।

 

विशालले ८ रन र अंकितले अविजित १५ रन बनाए । स्टारका लागि बिक्रम सिंहले चौका प्रहार गर्दै खेलमा जित निकाल्न सफल रहे। बलिङ तर्फ भने कर्णालीका सन्दिप ठकुरी, भरत क्षेत्री र आदित्य शाहले समान १–१ विकेट लिन सफल रहे ।   फाईनल खेलको प्लेयर अफ द म्याच स्टार क्रिकेट एकेडेमीका सुमित अर्याल चुनिए । 

 

यस्तै प्रतियोगिताको उत्कृष्ट बलर पोखरा क्रिकेट एकेडेमीका प्रदीप अर्याल, उत्कृष्ट ब्याटस्म्यान, विराट सिंह भण्डारी, र प्लेयर अफ द सिरिज स्टार क्रिकेट एकेडेमीका कप्तान अमर मिश्र पुरस्कृत भए । 

 

विजेता तथा उपविजेता टोलीलाई सांसद सोविता भण्डारी लगायतले पुरस्कार वितरण गरेकी थिइन् ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्