युनाइटेडको रक्तदानमा ५२ युनिट रगत संकलन

पाेखरा | बैशाख ४, २०८०

युनाइटेडको रक्तदानमा ५२ युनिट रगत संकलन

पोखरा:   युनाइटेड क्लबले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । 


क्लबले १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार आयोजित खुल्ला रक्तदानमा ५२ युनिट रगत संकलन भएको हो । पहिलो रक्तदाता कृष्ण प्रसाद गौतमलाई प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले ब्लड ब्याग हस्तान्तरण गरी शुरु भएको कार्यक्रममा ५२ जनाले रक्तदान गरेका हुन । 


सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले युनाइटेड क्लबले गरेको सामाजिक कामको अन्य संघ संस्थाहरुले सिको गरेको खण्डमा समृद्ध समाज निर्माण हुने बताए । 


वार्षिकोत्सवको अवसर पारी सामाजिक काम अन्तर्गत रक्तदान कार्यक्रम गरी रगत अभावमा परेकाहरुलाई सहयोग पुग्ने उनको भनाइ रहेको थियो । क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गरिरहेको आफुले नजिकबाट नियाल्दै आएको बताउदै वडाअध्यक्ष गुरुङङे युनाइटेड क्लबको हरेक गतिविधीमा वडाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत गरे । 


त्यस्तै वडा प्रहरी कार्यालय राम बजारका प्रमुख प्रहरी निरीक्षक माधव के सीले पछिल्लो समय दुर्घटनाका घटनाहरु बढिरहँदा अस्पतालमा रगतको अभाव हुने गरेको आफुहरुले नजिकबाट नियाल्दै आइरहेको सन्दर्भमा सामाजिक काममा अगाडी वढेको युनाइटेड क्लबले रक्तदानको कार्यक्रमको आयोजना गरी त्यस्ता रगतको अभावमा परेकाहरुलाई सहयोग पुग्ने बताए । 


युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य गरेका थिएभने संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, सल्लाहकार गोविन्द घिमिरे लगायतले बोलेका थिएभने कार्यक्रमको सञ्चालन सचिव पूर्णकला पोख्रेलले गरेकी थिइनभने कार्यक्रम संयोजक जयराम आचार्यले धन्यवाद मन्तब्य राखेका थिए । 
 

गलकोटः   विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ वर्षपछि सर्वसम्मत रूपमै गाउँपालिकाको केन्द्र टुङ्ग्याएको छ ।  काठेखोला गाउँपालिकाका सबै राजनीतिक दलको सहमतिपश्चात बसे...

थप पढ्नुहोस्

भरतपुर:  बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो ।  चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर ...

थप पढ्नुहोस्

सुर्खेत: जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी नौ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको...

थप पढ्नुहोस्