अन्नपूर्ण गाउँपालिकामा पहिलो पटक बजार अनुगमन

पाेखरा | बैशाख ६, २०८०

अन्नपूर्ण गाउँपालिकामा पहिलो पटक बजार अनुगमन

पोखरा:    कास्कीको अन्नपूर्ण गाउँपालिकाले बजार अनुगमन गर्न सुरू गरेको छ । गाउँपालिका उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा प्रमुख नारायण क्षेत्री संयोजकत्वको टोलीले मंगलबारदेखि गाउँपालिकाका रेष्टुरेण्ट र किराना पसलमा अनुगन सुरू गरेको हो । 


बजार अनुगमनसम्बन्धी कार्यविधि २०७४ सालमै बने पनि गाउँपालिकाले बजार अनुगमन गरेको यो पहिलोपटक हो । २ महिनाअघि क्षेत्री संयोजक भएपछि पहिलोपटक अनुगमन थालिएको हो । 


मंगलबार अन्नपूर्ण–१ को फेदी, लेवाडे, नौडाँडा ३५ वटा रेष्टुरेण्ट र किराना पसलको अनुगमन गरिएको संयोजक क्षेत्रीले जानकारी दिए । ३५ मध्ये प्रायः किराना पसल र रेष्टुरेण्टमा म्याद गुज्रेका सामान भेटिएको उनले बताए । ‘आफैं त्यसलाई नष्ट गर्नुस् भन्यौं । अर्कोपटक भेटिए हामी नष्ट गर्छौं भन्ने चेतावनी दिएर एकपटकलाई छोडेका छौं,’ संयोजक क्षेत्रीले भने । 


उनकाअनुसार अनुगमन गरिएकामध्ये एकाधबाहेक पसलको नवीकरण मिति सकिएको पाइयो । नवीकरण नगरेकालाई एक हप्ताभित्र गाउँपालिकामा आएर कर चुक्ता गर्न लिखित चेतावनी दिइएको संयोजक क्षेत्रीले जानकारी दिए । ‘कतिपयले व्यवसाय दर्ता नगरेको पनि भेटियो । २०७५÷०७६ देखि नवीकरण मिति गुज्रेको पाइयो,’ संयोजक क्षेत्रीले थपे, ‘एक हप्ताको समय दिएर गाउँपालिकामा दर्ता गर्न, कर चुक्ता गर्न लिखित चेतावनी दिएका छौं । पछि फेरि फलोअप गर्छौं ।’ 


अन्नपूर्णमा ५ सदस्यीय बजार अनुगनम समिति छ । उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा प्रमुखको संयोजकत्वको टोलीमा गाउँपालिकाकै राजस्व शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, स्थानीय प्रहरी चौकीका प्रतिनिधि र एक जना पत्रकार सदस्य रहने व्यवस्था गाउँपालिकाको अनुगमन कार्यविधिले व्यवस्था गरेको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।    सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।   पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...

थप पढ्नुहोस्

अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।   सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...

थप पढ्नुहोस्

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

थप पढ्नुहोस्