महेन्द्रपुलबाट दमकल सारिए सहिद भिमसेन दाहाल
पाेखरा | बैशाख ६, २०८०
पाेखरा: जनआन्दोलन ०६२/६३ का प्रथम सहिद भिमसेन दाहालको शालिक यतिबेला नयाँबजारको शान्तिवनस्थित दमकल परिसरमा पुगेको छ ।
महेन्द्रपुलमा शालिक राखिएको स्थानमा झण्डा पार्क बन्ने भएपछि उनको शालिकलाई त्यहाँ सारिएको हो । दाहाल ०६२ चैत २६ गते महेन्द्रपुलमा सेनाको गोलीबाट मारिएका थिए ।
दाहालको शालिक केही समय दमकल परिसरमा राखिने र वडा १८ मा रहेकोे सहिद स्मारक पार्कमा स्थापना गरिने पोखरा महानगरपालिकाले जनाएको छ ।
‘शालिक सुरक्षित होस् भनेर त्यहाँ (दमकलमा) राखिएको हो’ महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले भने ‘एक महिनाभित्र सहिद स्मारक पार्कमा राख्नेछौं ।’
पार्कमा शालिक राख्न दाहालका परिवारजनसँग सहमति लिइसकेको र काम प्रक्रियामा गइसकेको तिम्सिनाले जानकारी दिए ।
पृथ्वी नागरिक समाज, पोखराको सक्रियतामा शालिक निर्माण गरिएको हो ।
२०६२ चैत २६ मा पोखरा महेन्द्रपुलमा भीमसेन दाहाल सेनाको गोलीबाट मारिएका थिए।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

