१३ जना प्रहरी नायव महानिरीक्षकले लगाए दर्ज्यानी चिन्ह

काठमाडाैं | बैशाख ७, २०८०

१३ जना प्रहरी नायव महानिरीक्षकले लगाए दर्ज्यानी चिन्ह Photo: Nepal Police

काठमाडौं:  नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८० वैशाख ६ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका १३ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । 
 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेको हो ।

 

दर्ज्यानी चिन्ह प्राप्त गर्नेहरुमा प्रहरी नायव महानिरीक्षकहरूमा कुबेर कडायत, केदार ढकाल, बिष्णु कुमार केसी, भरत बहादुर बोहरा, रबिन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ बिनोद पोखरेल र बिकाश राज खनाल रहेका छन् ।

 

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पपदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई ज्ञापन गरे । 

 

नेपाल सरकार गृहमन्त्रालय लगायत नेतृत्व तह प्रहरी संगठनलाई सुधार, सुदृढिकरण र सवलिकरण गर्नमा प्रतिवद्ध रहेकोले सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू एकजुट भएर प्रहरीको काम कारवाहीलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने बताए ।

 

पदोन्नति भएका प्रहरी अधिकृतहरूले आफूले प्राप्त गरेको पदीय जिम्मेवारीलाई अझ फरक ढङ्ले सम्पादन गरी मनोवृत्तिगत परिवर्तन गर्दै रूपान्तरण हुन उनले निर्देशन दिएका थिए ।
 

पोखराः   पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...

थप पढ्नुहोस्

पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

थप पढ्नुहोस्

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राजनीतिक दलबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिने भन्दै उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पदबाट राजीनामा दिएका...

थप पढ्नुहोस्