नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतसँग खेल्ने

काठमाडाैं | बैशाख १४, २०८०

नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतसँग खेल्ने

काठमाडौं:    एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ । समूह ‘ए’को अन्तिम खेलमा बिहीबार नेपालले कतारलाई र समूह ‘बी’ को अन्तिम खेलमा कुवेतले हङकङलाई हराएपछि सेमिफाइनल समिकरण पूरा भएको हो ।


सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स ९युएई०ले समूह ‘ए’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।


त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा नेपालले कतारलाई ६८ रनले हराउँदै समूह विजेता बनेको हो । मुलपानी मैदानमा बिहीबारनै भएको समूह ‘बी’ को अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले हरायो ।


जितका लागि दुई सय ७३ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४२ रन मात्र बनाउन सक्यो । यसअघि कुवेतले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा दुई सय ७२ रन बनाएको थियो । 


जितसँगै कुवेतले चारखेलबाट ६ अङ्क बनायो । उपविजेता युएईले ६ अङ्क जोडेको छ । कुवेतसँग हारेसँगै हङकङ प्रतियोगिताबाट बाहिरिएको छ । पाँच अङ्क  बनाएको हङकङका लागि अन्तिम खेल दुःखद् बन्यो ।


समूह ‘बी’ बाट बहराइन र सिंगापुर बाहिरिसकेका छन् । सेमिफाइनल वैशाख १६ र फाइनल खेल १८ गते कीर्तिपुरमा हुनेछ । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ ।


शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्