पोखरा महानगरका कार्यवाहक मेयर तिम्सिना र अमेरिकी राजदूतबीच भेटवार्ता

पाेखरा | बैशाख १४, २०८०

पोखरा महानगरका कार्यवाहक मेयर तिम्सिना र अमेरिकी राजदूतबीच भेटवार्ता

पोखरा:    पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतीलाल तिम्सिना र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ ।


बिहीबार महानगरपालिकाको कार्यालयमा भएको भेटवार्तामा तिम्सिना र राजदूत थम्पसन बिच द्विपक्षीय सहयोग आदानप्रदानका विषयमा  छलफल भएको हो ।
 

भेटवार्ताका क्रममा कार्यवाहक प्रमुख तिम्सिनाले  पर्यटन प्रवर्द्धन र कनेक्टिभिटीमा सहयोगका लागि कूटनीतिक पहल गरिदिन राजदूत थमसनसँग आग्रह गर्नुभयो ।


ूपोखरा महानगरपालिकाका पर्यटकीय दृष्टिकोणले महत्त्व बोकेको महानगरपालिका हो, तिम्सिनाले भन्नुभयो, अन्तर्राष्ट्रिय सहरसँग जोड्ने गरी हालै मात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएको छ, यहाँबाट अन्तराष्ट्रिय हवाई सेवा समेत सञ्चालन गर्न सकिने अवस्था छ ।ू यहाँ अझ धेरै पर्यटन पूर्वाधारहरू निर्माण गर्नुपर्ने आवश्यकता भएकाले अमेरिकी सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो ।


पोखराको विकासमा फ्रन्टलाइनर भएर सहकार्य गर्न आग्रह गरिएको पनि तिम्सिनाले बताउनुभयो ।  महानगरपालिकाको शिक्षा, स्वास्थ्य र आर्थिक विकासका विभिन्न कार्यक्रममा अमेरिकाले सहयोग गर्न सक्ने उहाँले बताउनुभयो ।


राजदूत थम्पसनले पोखराको दिगो पर्यटन विकासमा सहकार्य गर्न अमेरिका तयार रहेको बताउनुभयो ।  व्यवस्थित ई(लाइब्रेरी स्थापनाका लागि  समेत आफूले विशेष पहल गर्ने उहाँले बताउनुभयो ।


बुधवार पोखरा आउनु भएका राजदूत थमसन शुक्रवार काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।

काठमाडौं:  आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ...

थप पढ्नुहोस्

काठमाडौं:  संघीय राजधानी काठमाडौँलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।    असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगै...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असोज २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय...

थप पढ्नुहोस्