संघीय संसदको चालु अधिवेशन अन्त्य
काठमाडाैं | बैशाख १५, २०८०
काठमाडौं: सङ्घीय संसदको चालु अधिवेशन आज (शुक्रबार) राति १२ बजेबाट अन्त्य हुने भएको छ।
सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य सम्बन्धी पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिनुभयो।
सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार संघीय संसदको चालु अधिवेशन आज राति १२ बजेपछि अन्त्य हुनेछ। चालु अधिवेशन २०७९ पुस २५ गतेबाट सुरु भएको थियो।
आगामी जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्नुपर्ने भएकाले चालु दुवै अधिवेशन अन्त्य गरिएको हो। केही दिनभित्रै बजेट अधिवेशनका रुपमा सङ्घीय संसदको बजेट अधिवेशन आह्वान हुनेछ।
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले दुवै अधिवेशन अन्त्य भएको जनकारी पत्रमार्फत् सभामुखलाई जानकारी गराउनुभएको हो ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

