तनहुँको चुँदेर गाउँमा पुरुष भलिबल प्रतियोगिता हुने
तनहुँ | बैशाख १६, २०८०

तनहुँ: तनहुँको व्यास नगरपालिका ५ चुँदेरमा प्रथम चुँदेर कप साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
‘सामाजिक कामः चुँदेर युवा क्लबको अर्को नाम’ भन्ने मुल नारासहित तनहुँको व्यासनगरपालिका ५ स्थित चुँदेर युवा क्लबले प्रथम चुँदेर कप साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
क्लबका अध्यक्ष सुकबहादुर थापाले आपसी भाइचारको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए । ‘नयाँवर्षको आगमनसँगै भलिबल प्रतियोगिता आयोजना गर्न लागेका छौं, अध्यक्ष थापामगरले भने,‘यस प्रतियोगिताले साबिक वडाका दाजुभाईहरुको सम्बन्धलौई सुमधुर बनाउने विश्वास लिएका छौ ।’
अध्यक्ष थापामगरका अनुसार ‘आगामी वैशाख २२ देखि २४ सम्म सञ्चालन हुने साविक वडा स्तरीय पुरुष भलिबलको प्रतियोगिता आयोजना गरिने जानकारी दिए ।
सो प्रतियोगिताको विजेताले ट्रफी, प्रमाणपत्रसहित नगद रु ३३ हजार ३ सय ३३ रुपैयाँ, दोस्रो हुने समूहले ट्रफी, प्रमाणपत्रसहित नगद २२ हजार २ सय २२ र तेस्रो हुने समूहले ११ हजार १ सय ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक कुशल थापाले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउन ३ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरले जर्सी र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
झापा: झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ। स्थानीयवासीले आज बिहान राइफल फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा ग...
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’को समूह विजेता बनेको नेपालले समूह ‘ए&rsq...
कैलाली: कैलालीमा एक युवकको हत्या भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका– ८ जरैमा गए राती साथीसाथीबीच विवाद हुँदा २८ वर्षीय केशर बहादुर बुढाको घाँटी रेटेर हत्या भएको हो । सँगै बसेर मदिरा सेवन ग...