नेपालले कुवेतलाई दियो २ सय ८२ रनको लक्ष्य

काठमाडाैं | बैशाख १६, २०८०

नेपालले कुवेतलाई दियो २ सय ८२ रनको लक्ष्य

काठमाडौं:    एसिसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलको खेलमा नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दिएको छ।


वर्षाले प्रभावित भएका कारण ४२ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २८१ रन जोड्यो।


नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे। उनले ९४ रन जोडे। ९५ बल खेलेका रोहितले ७ चौका र ३ छक्का प्रहार गरे। 


कुशल मल्लले पनि अर्धशतक प्रहार गर्न सफल भए। कुशलले ४४ बलमा समान ४/४ चौका र छक्का हिर्काउँदै ५७ रन जोडे।


ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। दुईबीच १०.५ ओभरमा ७७ रनको साझेदारी गरे। 


भीम सार्की १ रनमा आउट भए भने आरिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछानले ५ रनमै आउट भए। 


करण केसी ६ बलमा ७ रन जोडेर आउट हुँदा सोमपाल कामीले नटआउट १३ रन र ललित राजवंशीले नटआउट २ रन जोडे।


बलिङमा कुवेतका मोहमद अस्लाम र एडनान इड्रेसले ३/३ विकेट लिए।

 

अर्को सेमिफाइनलमा मुलपानीमा ओमान र युएईबीच खेल भइरहेको छ।  प्रतियोगिताको फाइनल आगामी सोमबार कीर्तिपुर मैदानमा हुनेछ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्