नीरा हत्याकाण्डमा संलग्न विनोद पक्राउ
काठमाडाैं | बैशाख १७, २०८०
काठमाडौं: काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भएको हत्या काण्डमा संलग्न विनोद विश्वकर्मालाई प्रहरीले सार्वजनिक गरेको छ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पत्रकार सम्मेलनमार्फत विश्वकर्मालाई शनिबार राति १० बजे झापाबाट पक्राउ गरेको जानकारी दिएको हो।
विश्वकर्मा भक्तपुरको लोकन्थली वडा नम्बर १ मा साथीको कोठामा करिब एक हप्तादेखि बस्दै आएको र वैशाख ७ गते बिहान १०, ११ बजेतिर चाबहिल आएको अनुसन्धानमा खुलेको छ। त्यसपछि निरा पाण्डे आचार्यको पसलमा दिउँसो २ बजेतिर भाँडा किन्ने बाहानामा पसल प्रवेश गरेको जनाइएको छ।
एटीएम कार्ड लिन भनी सामान त्यही राखेर बाहिर निस्केको र करिब २ः४४ तिर पुनः प्रवेश गरेर भाँडा देखाउने क्रममा निरालाई पछाडिबाट प्रहार गरेको र पसलमा भएको छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

