एकनाले भरुवा बन्दुकसहित बाबुलाल पक्राउ
मकवानपुर | बैशाख २४, २०८०
मकवानपुर: मकवानपुर प्रहरीले एक जनालाई एकनाले भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–७ दुम्सिडाडाँका ३० वर्षीय बाबुलाल थिङ रहेका छन् ।
थिङले आफ्नै भाइलाई जग्गाको विषयमा हातपात गरेर घाइते बनाएको सुचना पुगेपछि प्रहरीले थिङलाई खोजी गरेको थियो ।
सोही क्रममा प्रहरीले उनलाई शनिबार दिउँसो प्रहरीले एकनाले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
पक्राउ परेका थिङमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

