पद्म नर्सिङ होममा पोखरामै पहिलो पटक  क्यान्सरको  सफल शल्यक्रिया

पाेखरा | बैशाख २५, २०८०

पद्म नर्सिङ होममा पोखरामै पहिलो पटक  क्यान्सरको  सफल शल्यक्रिया

पोखरा:   पोखराको नदीपुरमा रहेको पद्म नर्सिङ होममा पोखरामै निजी हस्पिटलमा पहिलो पटक पेटमा रहेको क्यान्सरको शल्यक्रिया सफल भएको छ । 


अन्य अप्रेसन भन्दा पेटमा रहेको क्यान्सरको अप्रेसनमा ग्रन्थि सहित क्यान्सर फाल्नुपर्ने र उक्त कार्य निकै जटिल हुने भएकाले त्यहांका शल्य चिकित्सकले ८ घण्टा लामो समय लगाएर ५१ वर्षिय पुरुषको पेटमा रहेको क्यान्सरको सफल शल्यक्रिया गरेका हुन् ।


पद्म नर्सिङ होमका पेट कलेजो, आन्द्रा तथा प्याङक्रियाज रोग शल्यचिकित्सक GI and HPB surgeon डाक्टर सुजन गौतमको टीमले ५१ वर्षिय पुरुषको पेटमा रहेको क्यान्सरको सफल पुर्वक शल्यक्रिया सम्पन्न गरेको अस्पतालले जनाएको छ । सामान्य अप्रेसन र क्यान्सर सम्बन्धी अप्रेसनमा भिन्नता हुने बताउदै डाक्टर सुजन गौतमले कुनै पनि क्यान्सरको शल्यक्रिया गर्दा ग्रन्थि  lymphnode  सहित निकाल्नुपर्ने हुदा क्यान्सर भएको ठांउको ग्रन्थिहरुलाई पनि शल्यक्रियाको माध्यामबाट रगत बहने नसाको छेउछाउमा रहेर शल्यक्रिया गर्नु पर्ने भएकोले निकै जटिल हुने र कौशलता पूर्वक क्यान्सर निकाल्नुपर्ने भएकाले आफ्नो टीमलाई ८ घण्टा समय लागेको वताउदै पोखरामा नै पहिलो पटक निजी हस्पिटलबाट उक्त सेवा प्रदान गर्न पाउदा निकै खुसी लागेको बताए  ।


८ घण्टा लामो समय लगाएर sub total gastrectomy +  D2 lymphnode dissection + Roux- en- Y gastro jejunostomy मार्फत विरामीलाई शल्यक्रिया गराइ ७ दिनमा नै डिस्चार्ज गर्न पाउदा खुसी लागेको वताउदै डाक्टर गौतमले खाना खान नसक्ने अवस्थामा हस्पिटल भर्ना भएको बिरामीलाई ७ दिनमै घर पठाउन पाउदा आफ्नो टीम निकै हौसिएको बताए । उनले पोखरामा नै यस्ता जटिल प्रकारका क्यान्सरका बिरामीले समेत उपचार पाउने भएकाले अव काठमाण्डौ चितवन जान पर्ने समस्या नरहने बताए । डाक्टर सुजनको टीममा डाक्टर सुशील सुवदी, एनेस्थेसिया डाक्टर अनिल न्यौपाने र डाक्टर बसन्त कोइराला संगै ओटि नर्स लक्ष्मीदेवी शर्मा लगायतको टीम ८ घण्टा सम्म उक्त विरामीको शल्यक्रियामा खटिएको जनाईएको छ ।


सो अवसरमा वोल्दै पद्य नर्सिङ होमका अध्यक्ष इन्दीरा शर्मा सुवेदीले विगत २८ वर्षदेखी पोखरामा विरामीहरुको सेवा प्रदान गर्दै आइरहेको पद्य नर्सिङ होमले पोखराको नदीपुरबाट सञ्चालनमा आएसंगै पोखरामा पहिलोपटक क्यान्सर जस्तो रोगको सफल शल्यक्रिया गरी विरामीहरुलाई हौसला प्रदान गरेको वताइन । बिगत २८ बर्ष देखि पोखराको न्युरोडमा भाडाको भवनमा संचालनमा रहेको यस क्षेत्रकै पहिलो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा।लि। गत असोज देखि पोखरा –३, नदिपुर स्थित आफ्नै सुबिधा सम्पन्न भवनबाट संचालनमा आएको छ । 


हस्पिटलमा २४ सै घण्टा आकस्मिक सेवा, मुटु तथा मेडिकल, जनरल सर्जरी, आँखा सम्बन्धि रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी सम्बन्धि रोग, बालरोग, स्त्रीरोग, छाला तथा एलर्जी, बाल दन्तरोग, नसा तथा मानसिक रोग लगायतका बहिरंग (ओपिडी) सेवा संचालनमा छन् । यस्तै अत्याधुनिक प्रयोगशाला, सबै प्रकारका अप्रेसन सेवाहरु, आइसियु, एनआईसियु , एक्सरे ,भिडियो एक्सरे, इण्डोस्कोपी,कोल्नोस्कोपी, इकोकार्डियोग्राफी, एलर्जी परिक्षण एवं स्किन लेजर सर्जरी लगयतका सेवाहरु पनि संचालनमा रहेको हस्पिटलले जनाएको छ ।

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्

पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

थप पढ्नुहोस्

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल ने...

थप पढ्नुहोस्