पर्वतको जलजलामा सार्वजनिक स्थानमा सुर्ती र जाडँरक्सी खान नपाइने

पर्वत | जेठ २, २०८०

पर्वतको जलजलामा सार्वजनिक स्थानमा सुर्ती र जाडँरक्सी खान नपाइने फाइल तस्बिर

पर्वत:  पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक ठाउँमा सुर्तीजन्य वस्तु र जाँडरक्सी बिक्री वितरण गर्न र खान रोक लगाएको छ । 

 

जलजलाले एक सूचना जारी गर्दै विद्यालय, मठमन्दिर आसपासका क्षेत्रमा जाँडरक्सी तथा सुर्तीजन्य पदार्थको व्यापार नगर्न तथा नगराउन अनुरोध गरेको छ । यस्तै, शिक्षण संस्थाको एक सय मिटर वरपर चुरोटलगायत सुर्तीजन्य वस्तु बिक्री गर्न प्रतिबन्ध लगाएको छ । 

 

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ तथा जाँडरक्सी खाने क्रियाकलापले विद्यार्थीमा नकरात्मक असर पर्ने बताएका छन् । पछिल्लो समय गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिएको जनाउँदै सुर्तीजन्य पदार्थको प्रयोगले स–साना विद्यार्थीमा लत बस्ने र भविष्यमा गम्भीर असर पार्ने हुँदा विद्यालय क्षेत्रको करिब एक सय मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको उनले जानकारी दिएका छन् । 

 

विद्यालय वरपर खुलेआम सुर्तीजन्य र जाँडरक्सी बिक्री वितरण हुन थालेको गुनासो बढेपछि गाउँपालिकाले अभियानको सुरुवात गरेको हो । विद्यालय वरपर रहेका पसलमा सुर्तीजन्य पदार्थ भए र नभएका बारेमा गाउँपालिकाका कर्मचारीले दिनहुँ अनुगमनसमेत गर्ने उनको भनाइ छ । रासस

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्