बागलुङ बडिगाडको विकट गाउँमा मोबाइल सेवाले दिएको खुसी

बाग्लुङ | जेठ २, २०८०

बागलुङ बडिगाडको विकट गाउँमा मोबाइल सेवाले दिएको खुसी

बागलुङ:    चारैतिर अग्ला पहाड अनि खोंचमा रहेको छ टुनिबोट गाउँ, भिमगिठे खोलाको नदि छेउमा रहेको उक्त बस्तीमा यसअघि मोवाईल सेवा नहुँदा त्यहाँका नागरिकलाई समस्या हुँदै आएको थियो ।


गाउँ देखि माथि भित्रेनी डाँडामा नेपाल टेलिकमले टावर निर्माण गरि नमस्ते मोवाईल सेवा सुचारु गरेपछि अहिले स्थानियबासी खुसी भएका छन । मोबाइल सेवा सञ्चालन भएपछि बडिगाड गाउँपालिका वडा नं ७ भिमगिठेको टुनीबोट सँगै अमिले, जैबाने, भित्रेनी, छेपारे, ओखरेनी, पदमभीर र वडा नं ८ को दोभान सिमा क्षेत्रका झण्डै २ सय ५० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन ।


सदरमुकाम बागलुङ बजार देखि ८२ किलोमिटर पश्चिम उत्तरमा अवस्थित उक्त गाउँमा यस अघि कुनै पनि मोबाइल सेवा उपलब्ध थिएन । मोबाइल सेवा नहुँदा सुचना र सञ्चारमा त्यहाँका नागरिकले सास्ती खेप्दै आईरहेको बडिगाड गाउँपालिका वडा नं ७ का निवर्तमान वडा अध्यक्ष कृष्ण गुरुङले बताए ।


स्थानिय लघु जलविद्युतबाट टावर सञ्चालन भएपछि अहिले जिएसएम मोबाइल सेवा टुजी र तेस्रो पुस्ताको मोवाईल सेवा थ्रिजी एकैसाथ सञ्चालन गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए । सेवा सुचारु भए सँगै मोवाईल प्रयोगकर्ताले भ्वाईस र डाटा चलाउन पाएको कार्यालय प्रमुख शर्माको भनाई छ । निकट भविष्यमा उक्त टावर मार्फत चौंथो पुस्ताको मोवाईल फोरजी सेवा उपलब्ध गराईने शर्माले बताए ।


पहिले फोन गर्न छिमेकी गाउँ र भिमगिठे बजार नै पुग्नु पर्ने त्यहाँका स्थानियको बाध्यताको अन्त्य भएको स्थानिय बिमल पाईजाले बताए । टावर निर्माण, उपकरण टावर सम्म पुर्याउन स्थानियले सहयोग गरेका थिए ।


टुनिबोटमा मोबाइल सेवा सञ्चालन गर्न गाउँपालिकाले आवश्यक समन्वय र सहजीकरण गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले बताईन् । गाउँपालिका अध्यक्ष थापाले मोबाइल र तीव्र गतिको इन्टरनेट सेवाले दुर्गम टुनिबोट र आसपासका नागरिकको दैनिकी सहज बनेको बताईन । उनले गाउँपालिकाका सबै वडामा गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउन टेलिकम सँग आवश्यक समन्वय गरिने समेत उल्लेख गरिन् ।


पहिलो पटक मोबाइलमा कुराकानी गर्दै इन्टरनेट चलाउन  पाउँदा वडाबासी नागरिकहरु खुसी भएको बडिगाड गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष दिपेन्द्र प्रताप केसीले बताए । नेपाल टेलिकमले बडिगाड गाउँपालिका वडा नं ९ दर्लिङ नयाँ गाउँमा रहेको टावरबाट रेडियो लिङ्कमार्फत त्यहाँ टुजी र थ्रिजी सेवा सञ्चालन गरेको जनाएको छ ।

पोखरा:  रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना  गर्ने भएको छ ।  झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ ।  पोखरा–३ नदी...

थप पढ्नुहोस्

पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ ।   भोली (सोमबार) बाट सुरू हुन...

थप पढ्नुहोस्