बेलायतमा हुने गोर्खा कपको तयारी पूरा, पहिलोपटक नेपालबाट सहभागिता जनाउदै ‘पोखरा–११’
पाेखरा | जेठ ९, २०८०
Photo: Gurkha Media
बेलायत: आगामी मे २८ तारिखमा हुने २१ औं गोर्खा कपको तयारी पूरा भएको छ ।
'द तमु नेप्लिज कम्यूनिटी सेन्टर' मिचिटमा आइतबार आयोजिन पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो ।
आयोजक संस्था तमु धि यूकेका अध्यक्ष हरि गुरुङले सम्पूर्ण तयारी पूरा भएको बताउदै पहिलोपटक नेपालबाट प्रतियोगितामा सहभागिता जनाउनका लागि ‘पोखरा–११’ बेलायतको यात्रामा रहेको जानकारी दिए ।

उनका अनुसार क्युइन्स ऐभ्न्यू फुटबल ग्राउन्डमा हुने प्रतियोगितामा खुलातर्फ ३२ टिम, भेट्रानतर्फ १० टिम र महिलातर्फ २ टिमको सहभागिता रहने छ ।
नेपालबाट बेलायत पुगेको ‘पोखरा –११’ ले भेट्रानतर्फ प्रतिस्पर्धा गर्नेछ । यस्तो सो प्रतियोगितामा वेल्स र नेदरल्यान्डबाट पनि भाग लिने अध्यक्ष गुरुङले बताए । उनका अनुसार खुला प्रतियोगिताको च्याम्पियन टिमले २ हजार ५ सय पाउन्ड, उपविजेताले १ हजार ५ सय पाउन्डसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै भेट्रानतर्फ विजेताले १ हजार २ सय पाउन्ड, दोस्रो हुनेले ८ सय पाउन्डसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । महिलातर्फ भने प्रथमलाई ५ सय पाउन्ड र द्वित्तिय हुने टिमलाई ३ सय पाउन्ड प्रदान गरिनेछ ।
प्रतियोगितामा फुटबलसँगै विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक नृत्य, कलाहरु प्रस्तुत हुनेछन् ।
सो प्रतियोगितामा ग्रीस र डेनमार्कका राजकुमार फिलिपोस र राजकुमारी नीना सहभागि हुने बताइएको छ । यस्तै नेपालबाट महानायक राजेश हमाल र गायक धिरज राईको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।
(गोर्खा मिडियाको सहयोगमा)
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घ...

