सगरमाथा आरोही बुढामगरलाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडाैं | जेठ ९, २०८०

सगरमाथा आरोही बुढामगरलाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको आरोहण गर्नुभएका हरिबहादुर बुढामगरलाई बधाई दिनुभएको छ। 


मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा भेटेर बुढामगरलाई बधाई दिनुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ। यसअघि मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेललेसमेत बधाई दिनुभएको छ।


ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहणमा बुढामगरले राख्नुभएको विश्व कीर्तिमानको सबैले प्रशंसा गरेका छन्। 


बुढामगरले सगरमाथा आरोहण गरेर शारीरिक अशक्त व्यक्ति कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास बढाउनुभएको छ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्